बुटवलमा भारतबाट आएका कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

बुटवल,५ भदौ | बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्यूठानका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए।

मृतक स्वर्गद्वारी नगरपालिका-७, सोत्रेका स्थायी बासिन्दा हुन्। प्रवक्ता डा. गौतमका अनुसार साउन ३२ गते प्युठानमा नै संक्रमण पुष्टि भएका उनी भदौ १ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए। स्वाव जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनमा खोकी लाग्ने ज्वरो आउने र स्वाशप्रस्वासमा समेत समस्या देखिएपछि बुटवल ल्याइएको थियो।कोरोना बिशेष अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो।

बिहान साढे ६ बजे मृत्यु भएको उनलाई सुगर र उच्च रक्तचाप समेत रहेको डा. गौतमले बताए ।

 

Last modified on 2020-08-21 09:50:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts