चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण

चितवन, ५ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । शुक्रवार बिहान प्राप्त नतिजा अनुसार चितवनका २२ जना सहित विभिन्न पाँच जिल्लाका गरि थप २६ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका–२, ७, १० र ११ नंम्वर वडाका ९ देखि ६७ वर्ष उमेर समूहका ८ जना पुरुष र ६ देखि ५२ वर्ष उमेर समूहका ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो ।
यस्तै क्वारेन्टिनमा रहेका चितवनकाे राप्ती नगरपालिका २ र ८ नंम्वर वडाका १२, २३ र ४४ वर्षीय ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि संक्रमण पुष्टि हुने अन्य जिल्लामा नवलपुरका ४० वर्षीय पुरूष, पर्वतका ५० वर्षीय पुरूष, पर्साकी ६५ वर्षीया महिला र मकवानपुरका ७४ वर्षीय पुरूष गरी एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीवार प्रयाेगशालामा राति १२ बजेसम्म ३ सय ६ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती २६ जनामा संक्रमण देखिएकाे हाे । बाँकी २ सय ८० नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारी बताइन् । बिहीवार अबेर रातीसम्म परीक्षण गरिएकाे नमूनाकाे नतिजा शुक्रवार बिहान प्रकाशन गरिएकाे हाे ।
उता बिहीवार यहाँकाे प्रयाेगशालाबाट प्राप्त नतिजा अनुसार बुधवार रातिसम्म ५ सय ५६ नमुना परीक्षण गरिएकाे मध्ये भरतपुर महानगरपालिका ७ नंम्वर वडाका ३३ वर्षीय एक जना पुरूषमा मात्र संक्रमण देखिएकाे थियाे ।
उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।