'काठमाण्डौबाट बाहिरिने र काठमाण्डौमा भित्रिने नगरौं'

काठमाण्डौं,४ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेकाछन् । ।
सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपिल गरेकाहुन । अत्यावश्यक कामका लागि घरबाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन उनको आग्रह छ ।
त्यस्तै, कोरोना सङ्क्रमण बढ्दो अबस्थामा रहेकाले कोही पनि व्यक्ति काठमाण्डौबाट बाहिर नगइदिन र कोही पनि व्यक्ति काठमाण्डौ नआइदिनसमेत अनुरोध गरेकाछन् । यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत अनुरोध छ ।
कोही पनि व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरेकाछन् ।