आइसीयू र भेन्टिलेटरमा १ सय ३५ कोरोना संक्रमित

काठमाण्डौं,४ भदौ । देशभर १३५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२९ जनाको आइसीयू र ७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
भेन्टिलेटरमा उपचार भइरहेका ७ जना बागमती प्रदेशमा छन् । प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२ जनाको उपचार आइसीयूमा भइरहेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ भने ११ हजार ७६८ जना क्वारेन्टिनमा बसिरहेका छन् ।