दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीलाई भन्योः सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास गृह खाली गर्नुस्



Download our app to get more features

काठमाडौं, ४ भदौ । काठमाडौंको दक्षिणकाली नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले आइसोलेसन कक्ष बनाउन चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु बस्दै आएको भवन सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

आवास गृहलाई आइसोलेशन बनाउनुपर्ने भएकाले सात दिनभित्र खाली गर्न भनिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको साउन ३२ गतेको बैठकले स्वास्थ्य केन्द्रको क्वाटरमा बस्दै आएका एकजना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना सिनियर अहेवलाई क्वाटर खाली गर्न निर्देशन दिएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts