देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि



Download our app to get more features

रुपन्देही, ४ भदौ । रुपन्देहीमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

जिल्लाको देवदह नगरपालिकाका एक जना पुरुषमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

देवदह मेडिकल कलेजमा उपचार गराई रहेको एक बिरामीको बुधवार उपचारका क्रममा मृत्यु भएको थियो । देवदह नगरपालिका–३, शिसपुर निवासी ७० वर्षीय पुरुषको मृत्यु भएपछि पिसिआर परिक्षण गराउदा उनमा कोरोना संक्रमण पुष्टि भएको  देवदह नगर स्वास्थ्य शाखाले जनाएको छ । उनको स्वाब लुम्विनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

लामो समयदेखि पक्षघात, मधुमेह, रक्तचापको बिरामी रहेका उनको बुधवार मृत्यु भएको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिए । भैरहवा मेडिकल कलेजबाट घर लैजान भन्दै घर ल्याईएका बिरामीलाई स्वास्थ्यमा समस्या भएपछि देवदह मेडिकल कलेजको आईसियूमा राखेर उपचार हुँदै थियो ।

उनको मृत्युसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । 

पुरुषको मृत्यु भएपछि देवदह–३, शिसपुरलाई शिल गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts