कोभिड–१९ को दैनिक रिर्पोटिङ गर्न सबै अस्पताललाई विभागको निर्देशन

काठमाडौं, ४ भदौ । सरकारले कोभिड–१९ को रिर्पोटिङका लागि सबै अस्पताललाई दैनिक रुपमा प्रविष्ट गर्ने काम गर्न आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभागले सूचना जारी गर्दै कोभिड–१९ का संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा लक्षण भएका संक्रमित बिरामीको व्यवस्थापन सहज रुपमा गर्न अस्पतालहरुको रिर्पोटिङ कार्यलाई थप व्यवस्थित र सहजीकरण गर्न भन्दै भदौ ७ गतेदेखि दैनिक रुपमा तथ्यांक प्रविष्ट गराउन भनेको छ ।
विभागले एचएमआईएस (डीएचआईएस–२) कोभिड–१९ पान्डेमिक रिर्पोटिङ एण्ड सर्भिसेज युटिलाईजेशन को एपमा कोभिड–१९ को रिर्पोटिङको व्यवस्था गरिएको पनि बताएको छ ।
Last modified on 2020-08-20 18:01:52