नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सयभन्दा बढी, २४ घन्टामा थप ६ को मृत्यु

काठमाडौं, ४ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ ।
पछिल्लो २४ थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको हो ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा थप ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ९२ जना महिला र ५ सय १५ जना पुरुषमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप २ सय ६४ जना कोरोना संक्रमित निको भएको भन्दै डा गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको जानकारी गराए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।