भरतपुर अस्पतालकाे हाडजाेर्नी र मातृ शिशुतर्फका बिरामी भर्ना सेवा सुचारु



Download our app to get more features

चितवन, ४ भदाै । चितवनकाे भरतपुर अस्पतालमा हाडजाेर्नी र मातृ शिशुतर्फका बिरामी भर्ना सेवा सुचारु भएकाे छ ।

अस्पतालमा कार्यरत केही चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा समेत काेराेना संक्रमण देखिएपछि साउन ३२ गतेदेखि बन्द रहेकाे सेवा बिहिवारदेखि सुचारु भएकाे  हो ।

अस्पतालका बन्द रहेका सेवाहरू मध्ये यी दुई सेवाहरू बिहीवारबाट सञ्चालनमा आएकाे अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जगन्नाथ तिवारीले एक सूचनामार्फत जानकारी गराएका छन् ।

साउन ३२ गते भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सहित दुई चिकित्सक र एक जना नर्समा समेत काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

अस्पतालकाे हाडजाेर्नी र मातृशिशुतर्फका बिरामी भर्ना गर्ने ठाउँकाे निर्मलीकरणकाे काम सकिएकाले ती सेवाहरू सञ्चालनमा आएकाे भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भाेजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

‘अन्य व्यक्तिमा जाेखिम नहाेस् भन्नकाे लागि त्यस ठाउँमा सिल गरि पूर्ण रूपमा निर्मलीकरण गर्नु पर्ने भएकाले केहीदिन सेवा अवरूद्व रहेकाे थियाे ।’ उनले भने- ‘अहिले सरसफाइ तथा पूर्णरूपमा निर्मलीकरणकाे काम सकिएकाे छ । त्यहाँ कार्यरत कर्मचारीलाई क्वारेन्टिनमा राखिएकाे थियाे । अहिले उहाँहरूकाे काेराेना रिपोर्ट नेगेटिभ आएपछि ती सेवा सञ्चालनमा आएकाे छ ।’

Last modified on 2020-08-20 15:52:53

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts