काठमाडौं उपत्यकामा आज १ सय ५९ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाण्डौं, २ भदौ । काठमाण्डौं उपत्यकामा बुधबार १५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाण्डौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

यो सँगै काठमाण्डौंमा कोरोना संक्रमित हुनेको संख्या १हजार ९सय ८७, ललितपुरमा १सय ५० र भक्तपुरमा १सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ४सय ९९ पुगेको छ।

२४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेको डा गौतमले जानकारी दिए। 

पछिल्लो २४ घन्टामा १२० जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या १७ हजार ७ सय पुगेको छ।

यसैगरी आज ११ हजार ५ सय २२ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts