डडेल्धुरा अस्पतालबाट ‘एनआइसीयु’का सामग्री हराए



Download our app to get more features

डडेल्धुरा, ३ भदौ । सामाखुसी लायन्स क्लब काठमाण्डौंले डडेल्धुरा अस्पतालाई उपलब्ध गराएको एसआइसियु (नवजात शिशु विशेष स्याहार कक्ष) हस्तान्तरण नहुदै हराएका छन्। करिब २० देखि २५ लाख रुपैयाँ पर्नेे एनआइसीयुका सामग्री हस्तान्तरण नहुँदै हराएका हुन।

डडेल्धुरामा रहेको अमरगढी लायन्स क्लबको माग र केन्द्रिय लायन्सहरुको पहलमा सामाखुशी लायन्स क्लब काठमाण्डौले देशभरीका केही लायन्स क्लबहरु मार्फत अस्पतालहरुमा एसआइसियु स्थापनाका लागि सामाग्रीहरु उपलब्ध गराएको बुझिएको छ। तर, डडेल्धुरा अस्पतालका लागि उपलब्ध गराएको ११ कार्टुन सामग्री भने कता गए कसैलाई जानकारी छैन।

अमरगढी लायन्स क्लब डडेल्धुराले सामग्री पोखराबाट ल्याएर डडेल्धुरा अस्पतालको परिसरभित्र पुर्याएको दाबी गर्दै आएको छ भने अस्पताल प्रशासन यो विषयमा जानकारी छैन भन्दै कुरा आलटाल गर्दै आएको छ।

निःस्वार्थ भावनाले स्थापना भएको लायन्स क्लबले करिब २५ लाख मूल्य पर्ने ११ कार्टुन सामग्री कसरी र कहाँ हरायो भन्ने एकिन अमरगढी लायन्स क्लबसँग पनि गर्न सकेको छैन। कुन मितिमा अस्पतालमा सामग्री  पुर्याएको हो भन्ने नै एकिन नभएको र अस्पतालमा सामग्री  पुर्याउँदा कुनै कर्मचारीलाई सामग्री जिम्मा लगाएको हो भन्ने प्रमाण लायन्स क्लब डडेल्धुरासँग पनि छैन्।

सामग्री हस्तान्तरण नगर्नु हाम्रो कमजोरीः लायन्स क्लब तत्कालिन अमरगढी लायन्स क्लब २०१९/२० का अध्यक्ष अमर पुन समान ‘हेन्ड ओभर’ नगर्नु नै आफूहरुको कमजोरी भएको बताउँछन्। लायन्स क्लबसँग सामग्री बुझाएको प्रमाण नहुँदा डडेल्धुरा अस्पताल प्रशासनले सामग्रीका बारेमा जानकारी नभएको भन्दै अटेरी देखाएको उनको आरोप छ।

कास्की पोखराबाट सामग्री बुझेर कुरियरमार्फत धनगढी पुर्याएको र धनगढीबाट डडेल्धुराका एक जना व्यापारीको सामान डडेल्धुरा ल्याउने मिनिट्रकमा सामान आएको र उक्त सामान मंसिर ४ गते डडेल्धुरा अस्पतालको परिसरमा ट्रकले अनलोड गरेको पुनले बताए। अस्पताल प्रशासनमा सामग्री पुगिसकेपछि अस्पतालबाट आफूलाई फोन समेत आएको उनको दाबी छ।

ट्रक चालकको दावीः अस्पतालमै सामग्री उतारेको हुँ लायन्स क्लबका एक कर्मचारीले मलाई फोन गरेको र उनको पनि पसलको समान ल्याउनु पर्ने भएकोले उनको सामग्रीसँगै अस्पतालमा बुझाएको सामग्री लिएर आफू डडेल्धुरा आएका ट्रक चालक पवन ठकुराठीले बताउँछन्।

‘मैले अस्पताल प्रशासन भित्र सामग्री पुर्याएको हुँ। त्यहाँ पुर्याएर कर्मचारीलाई सामग्री बुझाए। तीन जनाले सामान उतारेका हुन्। उहाँहरुलाई सामान उतार्न मैले पनि सहयोग गरेको थिए’ उनले भने, ‘अहीले चालु रहेको स्टोरमा सामग्री लगेका हुन्। म अस्पताल गएर सामग्री उतार्ने मान्छेलाई देखाउन सक्छु।’

के भन्छन अस्पतालका मेसु बिष्ट ? अस्पतालमा सामग्री पुगे/नपुगेको आफूलाई जानकारी नभएको अस्पतालका निमित्त मेसु जगदीश चन्द्र बिष्टले बताए। तत्कालिन अस्पतालका मेसु डा. जितेन्द्र कडेलको समयमा उक्त सामग्री अस्पतालमा पुगेको भन्ने कुरा आएको र आफू पछि आएकोले जानकारी नभएको उनले बताउँदै आएका छन्।

‘कसैले बुझेको या कसैले बुझाएको भन्ने प्रमाण छैन्। अहिले नै सामान यहाँ छ उहाँ छ भन्न नसकिएको हो। उहाँहरुले कुनकुन मोडेल र कस्तो सामग्री थियो भनेर लिष्ट बुझाउनु भएको छ’ उनले भने, ‘बिचमा हाम्रो स्टोर किपर पनि परिवर्तन भयो। अहिले प्रयोग भएको सामग्री उहाँहरुसँग मेल खान्छ कि भनेर हामीहरु आन्तरीक रुपमा बुझ्दै छौँ।’ सामग्री बुझाएको ७ महिनापछि कुरा उठेकोमा समस्या भएको उनको भनाइ छ।

‘अस्पतालमा कार्यरत साथीहरुबाट बुझ्दा कसैलाई पनि जानकारी छैन भनेपछि आफूलाई जानकारी छ भन्न मिल्दैन। यदि उपकरण हराएमा यो गम्भिर विषय हो सबैले खोज्नु पर्छ’ उनले भने।

Last modified on 2020-08-19 19:45:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts