स्वास्थ्य मन्त्रालयद्वारा ठूलाे संख्यामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी माग



Download our app to get more features

काठमाण्डौ, ३ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।

कोभिड–१९ को स्वास्थ्य आपत्कालिन अवस्थाका लागि भन्दै मन्त्रालयले संघ,प्रदेश र स्थानीय तहसम्मका स्वास्थ्य संस्था, आइसलेसन तथा क्वारेन्टिनमा रहेका बिरामीहरुका लागि जनशक्ति परिचालन गर्न डाक्टर, नर्स, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मीलाई ५ दिनभित्र आवेदन दिन आव्हान गरेको छ । 

आवेदन मन्त्रालयको वेवसाइटमा उपलब्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।

Last modified on 2020-08-19 19:16:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts