मेडिकल कलेज र प्रतिष्ठानले २० प्रतिशत बेड नछुट्याए पिसिआर परीक्षण गर्न दिइएको अनुमति खारेज गरिने



Download our app to get more features

काठमाडौं, ३ भदौ । सरकारले मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानले २० प्रतिशत बेड नछुट्याए पिसिआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिदिने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले कोरोना संक्रमणको दर नेपालमा बढ्दै गएको भन्दै निजि मेडिकल कलेजलाई २० प्रतिशत र प्रतिष्ठानलाई बेड संख्याको एक तिहाई बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन जारी गरेको थियो । तर, मन्त्रालयको निर्देशन अटेरी गर्नेलाई कारबाही गरिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको उपचार गर्दा झन् जोखिम बढ्ने भन्दै सरकारले दिएको निर्देशन नमान्ने निजी मेडिकल कलेज र प्रतिष्ठानलाई पिसिआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने बताए ।

उनले निर्देशन मान्ने अस्पताललाई भने पिसिआर परीक्षणका लागि अनुमति दिइने पनि बताए ।

उनले भने, अबको डेढ दुई वर्षसम्म कोरोना संक्रमणको जोखिम कायमै रहने भएकाले निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्ने बाध्यता आइपर्न सक्छ । त्यसकारण सबै तयार भएर बस्नुपर्ने भएकाले यो निर्देशन जारी गरिएको हो । तर, अटेरी गर्नेलाई कारबाही गरिनेछ ।

सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको चाप थेग्न नसक्ने भएकाले निजी मेडिकल कलेज र प्रतिष्ठानलाई पनि जिम्मेवार बनाउन यो निर्णय भएको भन्दै डा गौतमले यदि उपचार नै नगर्ने हो र अस्पताल नै बन्द गर्ने सोच हो भने त्यो सम्भव नरहेको हुनाले सबैले महामारीलाई मिलेर जित्नु पर्ने उल्लेख गरे ।

डा गौतमले उपचार गर्दिन भनेर कसैले पनि भन्न पाउने अधिकार नभएकाले त्यस्ता अस्पताल र प्रतिष्ठानलाई पिसिआर परीक्षण गर्न दिइएको अनुमति खारेज हुने पनि बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts