पछिल्लो २४ घन्टामा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या १ सय २० पुग्यो



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका एक जना पुरुष, बर्दियाका एक जना पुरुष, मोरंगका एक जना महिला, सुनसरीका एक जना महिला, भक्तपुरका एक जना महिला र चितवनका एक जना महिला गरी ६ जनाको मृत्यु भएको बताए ।

उनले योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय २० पुगेको पनि जानकारी दिए ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts