नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नजिक



Download our app to get more features

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २२ पिसिआर परीक्षण गर्दा ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको बताए ।

उनले पछिल्लो २४ घन्टामा १ सय २० जना कोरोना संक्रमति निको भएको र नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय पुगेको बताए ।

Last modified on 2020-08-19 16:31:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts