भरतपुरमा गरिएकाे परीक्षणमा चितवन सहित सात जिल्लाका ३० जनामा काेराेना संक्रमण



Download our app to get more features

 चितवन, ३ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवन सहित सात जिल्लाकागरि ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

बुधवार बिहान प्राप्त नतिजा अनुसार चितवनका २० जना सहित विभिन्न सात जिल्लाका गरि थप ३० जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ५ पुरूष र ७ महिला गरि १२ जना छन् । उनीहरु भरतपुर महानगरपालिका १, २, ३, ४, ७, १० र ११ नंम्वर वडाका १९ देखि ६५ वर्ष उमेर समूहका पुरूषहरू छन् ।त्यसैगरि महिलाहरु ९ वर्षीया बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् । खैरहनी नगरपालिका ३ का ६४ देखि १०८ वर्ष उमेर समूहका ५ जना महिला छन् । ती मध्ये एक जना १०८ वर्षीया वद्धाकाे भने मंगलबार विहान निधन भएकाे छ ।

त्यस्तै राप्ती नगरपालिका ४ र ५ नंम्वर वडाका १९ र २७ वर्षीय २ जना पुरूष छन् । रत्ननगर नगरपालिका १० का २९ वर्षीय एक पुरूष छन् । यसैगरि अन्य जिल्लाहरूमा नवलपुरका ५, तनहुँ, महोत्तरी, मकवानपुर, बाँके र बाराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । उनीहरूकाे विभिन्न अस्पताल तथा स्थानीय ठाउँबाट स्वाब संकलन गरिएकाे थियाे ।

मंगलबार प्रयाेगशालामा राति १२ बजेसम्म ५ सय नमुना परीक्षण गरिएकाे मध्ये ती ३० जनामा संक्रमण देखिएकाे हाे । बाँकी ४ सय ७० नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारी बताइन् । मंगलबार अबेर रातीसम्म परीक्षण गरिएकाे नमूनाकाे नतिजा बुधवार बिहान प्रकाशन गरिएकाे हाे ।

मंगलबार यहाँकाे प्रयाेगशालाबाट प्राप्त नतिजा अनुसार साेमबार रातिसम्म ३ सय ५५ नमुना परीक्षण गरिएकाे मध्ये चितवन सहित विभिन्न जिल्लाकागरि ५० जनामा संक्रमण देखिएकाे थियाे ।

उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-08-19 08:27:45

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts