एटीएम कार्ड प्रयोग गरेपछि हातमा अनिवार्य स्यानिटाइजर



Download our app to get more features

काठमाण्डौ,२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएमबाट पैसा निकालेपछि हात स्यानिटाइजरले सफा गर्न आग्रह गरेको छ।

धेरैजनाले प्रयोग गर्ने एटीएमबाट पनि भाइरसको संक्रमण फैलने जोखिम धेरै रहने हुँदा कार्ड प्रयोग गरेपछि हात स्यानिटाइज गर्न मन्त्रालयले आग्रह गरेको हो।
सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने र बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर  नराखेकाले मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएमलाई संक्रमणरहित बनाउन पनि सुझाव दिएका छन्।

त्यस्तै मन्त्रालयले अस्पतालमा भर्ना हुने संक्रमित भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरु चाँडो निको हुने दाबी गरेको छ। होम आइसोलेसनमा बस्नेहरुको अवस्थामा चाँडै सुधार आएको र मृत्युदर पनि कम हुने भन्दै  होम आइसोलेसनमा बस्न सुझाब दिएको  छ ।

Last modified on 2020-08-18 21:17:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts