काठमाडौँ उपत्यकामा भोलिदेखि निषेधाज्ञा

काठमाण्डौं,२ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा भोलि देखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
यसैगरी अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ । एकैदिन आज काठमाडौं उपत्यकामा २०५ सहित १०१६जनालाई कोरोना पुष्टि भएको थियो ।
मंगलबार मात्रै काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखिएका छन् । तिमध्ये काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित फेला परेका हुन् ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवा सञ्चालन गर्न पाइने छैन् ।
Last modified on 2020-08-18 20:34:29