रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
राष्ट्र कवि घिमिरेको उनकै निवासमा मंगलबार साँझ ५ः५५ मा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।
लमजुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १ सय वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उनको महत्वपूर्ण योगदान रहेको छ ।
यसअघि उनी लामो समयसम्म बिरामी भएका थिए । ग्राण्डी अस्पतालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो ।
उनको एक सय एक वर्षको उमेरमा निधन भएको हो ।