चितवनमा काेराेना संक्रमित १ सय ८ वर्षीया महिलाकाे मृत्यु



Download our app to get more features

चितवन, २ भदौ । चितवनमा कोरोना संक्रमित १ सय ८ वर्षीया वृद्वा महिलाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका ३ की ती वृद्वा महिलाको मंगलबार बिहान मृत्यु भएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको भरतपुर अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार संक्रमितसँग सम्पर्कमा रहेका कारण उनको कोरोना परीक्षणका लागि नमुना पठाईएको थियो । 

यसअघि चितवनमा संक्रमण पुष्टि भएका मध्य एक जना जिल्ला बाहिरका सहित दुई जनाको मृत्‍यु भएको थियो । कोरोना संक्रमित भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय वृद्वको जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको थियो । 

त्यस्तै, ६/७ महिना अघि देखि फोक्सोको क्यान्सर भएका कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको पनि भरतपुर अस्पतालको आईसीयूमै उपचारको क्रममा असार १३ गते शनिवार बिहान ७ बजे मृत्‍यु भएको थियो ।

Last modified on 2020-08-18 19:28:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts