नेपालमा कोरोना संक्रमित थपिनेको नयाँ रेकर्ड, एकैदिन थपिए एक हजार १६ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, २ भदौ । नेपालमा कोरोना संक्रमित थपिनेको नयाँ रेकर्ड कायम भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना संक्रमित एकैदिन फेला परेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार १६ नयाँ संक्रमित फेला परेको बताए । उनले यो हालसम्मकै धेरै संक्रमित संख्या एकै दिन फेला परेको र नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा ८५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

Last modified on 2020-08-18 16:52:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts