रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलिदेखि एक साताका लागि लकडाउन हुने



Download our app to get more features

रुपन्देही, २ भदौ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलिदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । 

संक्रमण बढ्दै गएपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि आगामी भदौ १० गते साँझ ७ बजेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा सोमवार बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

यो अवधिमा दुग्ध डेरीडिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गर्ने निर्णय सिसीएमसी बैठकले गरेको छ ।

Last modified on 2020-08-18 12:31:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts