चितवनको सेन्ट्रल हस्पिटलका नर्ससहित पाँच जना कर्मचारीमा काेराेना पुष्टि, सेवा प्रभावित 



Download our app to get more features

चितवन, २ भदाै । चितवनकाे भरतपुर–१० स्थित रहेको भरतपुर सेन्ट्रल हस्पिलटमा कार्यरत नर्ससहित पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–५ , ७ र १० की ४२ , २७ र २४ वर्षीया तीन जना महिला छन् । त्यसैगरि गोरखाकी २५ वर्षीया र मकवानपुरकी ३६ वर्षीया एक/एक जना महिला रहेका छन् । अस्पतालले दिएकाे जानकारी अनुसार संक्रमित हुनेमा त्यहाँ कार्यरत तीन जना नर्स र दुई जना कार्यालय सहयाेगी (एटेन्डर) रहेका छन् ।

अस्पतालका अनुसार त्यहाँ कार्यरत अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएकाे छ । हस्पिटलकाे निर्मलीकरण गर्नुपर्ने भएकाले अहिले सेवा प्रभावित भएकाे र छिट्टै नियमित सेवा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएकाे छ । यस हस्पिटलमा विशेषगरि क्यान्सरकाे उपचारका लागि संक्रमित धेरै रहेका तराईका जिल्लाहरूबाट समेत बिरामी आउने गरेका छन् ।

उनीहरूसँगै साेमबार भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा राप्तीका ४२ जना प्रहरी सहित विभिन्न जिल्लाका गरि थप ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । चितवनमा पछिल्लो समय स्वास्थ्यकर्मी संक्रमित हुनेकाे संख्या बढ्दो देखिन्छ ।

Last modified on 2020-08-18 10:29:06

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts