नवलपरासी सुस्ताका कांग्रेस उपसभापति गिरीको कोरोना संक्रमणका कारण निधन



Download our app to get more features

रुपन्देही, २ भदौ । नवलपरासी सुस्ता पश्चिमका नेपाली कांग्रेसका उप सभापतिको निधन भएको छ ।

४५ वर्षीय शुभाषचन्द्र गिरिको कोरोना संक्रमणका कारण निधन भएको हो । 

केही समय अगाडी पथ्थरीकोे शल्यक्रिया गराएका उनलाई हप्तादिन अगाडी मात्रै कोरोना संक्रमण देखिएको थियो । पाटनमा रहेको उनको आईसीयूमा राखेर उपचार हुँदै थियो ।

उपचारकै क्रममा सोमवार राती २ बजे उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

नेपाली कांग्रेसका महासमिति सदस्य चन्द्र बहादुर रानाले कोरोना संक्रमणका कारण उनको मृत्यु भएको सामाजीक सञ्जालमा पुष्टी गरेका छन् । 

Last modified on 2020-08-18 09:45:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts