भरतपुरमा गरिएकाे परीक्षणमा राप्तीका ४२ जना प्रहरी सहित थप ५० जनामा काेराेना संक्रमण

चितवन, २ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा राप्तीका ४२ जना प्रहरी सहित विभिन्न जिल्लाका गरि थप ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
साेमबार यहाँ गरिएकाे परीक्षणमा विभिन्न जिल्लाका गरि थप ५० जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनकाे राप्ती नगरपालिका वडा नम्वर ६ काे क्वारेन्टिनमा रहेका ४२ जना सशस्त्र प्रहरी छन् । जसमा १९ देखि ५५ वर्ष उमेर समूहका ४० जना पुरूष र २ जना महिला छन् ।
यस्तै संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० का २४, २७, ४२ र ४३ वर्षीया चार जना महिला छन् । उनिहरुको भरतपुर अस्पताल र भरतपुर सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।
यसैगरि संक्रमण पुष्टि हुनेमा हेटाैंडाकी ६० वर्षीया एक महिला, बाराका ६७ वर्षीय एक पुरूष र ५५ वर्षीया एक महिला छन् । त्यस्तै गोरखाकी २५ वर्षीया एक महिला छिन । उनिहरुको भरतपुरकाे सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमूना संकलन गरि परीक्षणकाे लागि पठाइएको थियो ।
साेमबार प्रयाेगशालामा ३ सय ५५ नमुना परीक्षण गरिएकाे मध्ये ती ५० जनामा संक्रमण देखिएकाे हाे । बाँकी ३ सय ५ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. अधिकारी बताइन् । साेमबार अबेर रातीसम्म परीक्षण गरिएकाे नमूनाकाे नतिजा मंगलबार बिहान प्रकाशक गरिएकाे हाे ।
उता आइतवार प्रयाेगशालामा ५ सय ६८ नमुना परीक्षण गरिएकाे मध्ये ११ जनामा संक्रमण देखिएकाे थियाे । बाँकी ५ सय ५७ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे थियाे ।
त्यसैगरि प्रयाेगशालामा शनिवार गरिएकाे परीक्षणमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, अन्य दुई चिकित्सक र एक नर्स सहित चितवनका थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । यसरी हेर्दा चितवनमा दिनहुँजसाे नयाँ सक्रमित थपिदै गएकाे देखिन्छ । संक्रमित थपिदै गएपछि भरतपुर अस्पतालमा संक्रमितलाई भनेर छुट्याइएकाे ७५ वटा शैया भरिएका छन् । अब विकल्प बारे छलफल हुँदैछ ।
उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।