नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १०९ पुग्यो

काठमाण्डौ,२ भदौ । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्जका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
नेपालगञ्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो।
अस्पतालका अनुसार ३२ साउनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। ३० साउनमा कोरोना देखिएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो।तर उपचारका क्रममा उनको सोमबार राती ११: ४०मा मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमित पुरुषमा निमोनियाको समस्या देखिएको थियो।
यो सहित बाँके जिल्लामा ४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा भने मृतकको संख्या १०९ पुगेको छ।
Last modified on 2020-08-18 07:04:18