समुदायमा कोरोना संक्रमित बढेसंगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सेवा स्थगित



Download our app to get more features

 रुपन्देही १ भाद्र समुदायमा कोरोना संक्रमण फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयबाट शान्ति सुरक्षालगायत अत्यावश्यक कार्यहरूबाहेक अन्य प्रशासनिक सेवाहरू स्थगन गरेको छ।

आज कार्यालयले सूचना जारी गर्दै सोमबारदेखि भदौ ५ गतेसम्म नागरिकता, राहदानी, संघसंस्था सम्बन्धिलगायत अन्य प्रशासनिक सेवाहरू स्थगित गरेको हो। सूचनामा कोभिड १९ को संक्रमण दैनिक रुपमा बढिरहेको र समुदाय स्तरमा संक्रमण बढ्न सक्ने संभावनालाई दृष्टिगत गरी प्राशसनिक सेवाहरू बन्द गरेको उल्लेख छ।

त्यसैगरी सूचनामा सरकारी कार्यालयहरुबाट प्रभाव हुने सेवालाई समेत न्यूनिकरण गर्न अत्यावश्यक देखिएकोले दैनिक सेवा प्रवाह स्थगन गरिएको उल्लेख गरिएको छ। सहाएक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडका द्धाराहस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts