पिजीमा कुनकुन कलेजले कति सिट पाए ?

काठमाण्डौ,१ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नातकोत्तरको लागि सिट बाँडफाँड गरेको छ । पब्लिक हेल्थ, नर्सिङ, फार्मेसी र आयुर्वेदतर्फको स्नातकोत्तरको लागी सिटबाँडफाँड भएको हो । पब्लिक हेथ्लतर्फ स्नातकोत्तर कार्यक्रमका लागि १सय ७८ सिट र नर्सिङतर्फ १सय ७७ सिट छुट्याइएको छ।
पब्लिक हेल्थमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनलाई दश सिट, युनिभर्सल मेडिकल कलेज दश सिट, नेशनल मेडिकल कलेजलाई दश सिट, किष्ट मेडिकल कलेजलाई दश सिट, कलेज अफ मेडिकल साइन्सेजलाई २० सिट, गण्डकी मेडिकल कलेजलाई पाँच सिट, नेप्लीज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई दश सिट, मनमोहन मेमोरियल मेडिकल कलेजलाई १५ सिट दिइएको छ ।
त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५ सिट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ सिट, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागलाई २० सिट, पूर्वाञ्चल विश्वविद्यालय १० सिट दिइएको छ । त्यस्तै, स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स कास्कीलाई २० सिट छुट्याइएको छ ।
नर्सिङतर्फ आईओएमलाई ३३ सिट, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १६ सिट, न्याम्सलाई १० सिट र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २७ सिट दिइएको छ । पोखरा नर्सिङ क्याम्पसलाई १५ सिट पाएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामंगल आठ सिट, नेपाल मेडिकल कलेज दुई सिट, काठमाडौं विश्वविद्यालय स्कुल मेडिकल साइन्स १२ सिट, युनिभर्सल मेडिकल कलेज १८ सिट, नेशनल मेडिकल कलेजलाई आठ सिट, चितवन मेडिकल कलेज १८ सिट, नेप्लीज आर्मी इस्टिच्युट अफ हेल्थ साइन्स दश सिट दिइएको छ । आयुर्वेदतर्फ त्रिवि आयुर्वेद विभागले दुई सिट पाएको छ ।
यस्तै, एमएचपीईरएमपीएचएनका अध्ययनका लागि त्रिवि केन्द्रीय विभागलाई पाँच / पाँच सिट दिइएको छ । त्यसैगरी फार्मेसी क्लिनिकलतर्फ पूर्वाअञ्चल विश्वविद्यालयलाई १० सिट दिइएको छ । फार्मेसीको माष्टर्सतर्फ स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स कास्कीलाई २४ सिट दिइएको छ । माष्टर्स अफ फर्मासिष्टका लागि सेन्ट्रल इन्स्टिच्यु अफ साइन्स एण्ड टेक्नोलोजी काठमाडौंले १२ सिट पाएको छ । पब्लिक हेल्थ सर्भिस म्यानेजमेण्टलाई १३ र हेल्थ प्रमोशन एण्ड एजुकेशनमा कलेजलाई १२ सिट दिइएको छ ।