कोरोना सङ्क्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु



Download our app to get more features

काठमाण्डौ, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रौतहटका ३२ वर्षका पुरुष, मोरङका ६० वर्षका वृद्द र काठमाडौंकी ५८ वर्षकी महिलाको मृत्यु भएको हो । 

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय सात पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता  डा.जागेश्वर गोतमले बताए ।।

यस्तै अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा नौ हजार ६ सय ३९ जना छन् । १५ हजार एक सय ८८ जना क्वरेण्टीनमा रहेका छन् ।

Last modified on 2020-08-17 16:47:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts