नेपालमा थपिए ५ सय ८१ नयाँ संक्रमित, संख्या २७ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १ भदौ । नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न ३९ वटा प्रयोगशालामा ११ हजार ५ सय २० पिसिआर परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको पिसिआर परीक्षणमा थप ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । 

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको बताए । 

यस्तै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय नाघेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय ६० जना कोरोना संक्रमित निको भएका छन् । 

प्रवक्ता डा गौतमले नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ७ सय ९५ पुगेको बताए ।

Last modified on 2020-08-17 16:28:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts