हात्तिपाइले विरुद्धको औषधि अभियान प्रभावकारी हुँदै
काठमाण्डौं, ५ चैत्र । सरकारले दुई चरणमा सञ्चालन गरेको हात्तिपाइले रोगविरुद्धको औषधि सेवन अभियान ८० प्रतिशत भन्दा बढी प्रभावकारी भएको दावी गरेको छ । 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विज्ञप्ती जारी गरेर ३४ जिल्लामा दुई चरणमा सञ्चालन भएको कार्यक्रममा ९५ लाख भन्दा बढी मानिसले औषधि सेवन गरेको जनाएको छ ।
गत फागुन २१,२२ र २३ गते पहिलो चरण र फागुन २९, ३० तथा चैत्र १ गते सञ्चालन भएको दोस्रो अभियानमा १ करोड २२ लाख जनसंख्यामा लक्षित गरेर औषधि वितरण गरीएको महाशाखाले जनाएको छ । सरकारले सन् २००३ देखि हात्तिपाइले रोग विरुद्धको औषधि अभियान शुरु गरेको हो । 
हात्तिपाइले रोग निवारणका लगि अवलम्बन गरीएका मुख्य दुई रणनीति अनुसार पहिलो आम मानिस औषधि सेवनको प्रकृयाबाट रोग सर्नलाई रोक्ने र दोस्रो हात्तिपाइलेका बिरामीहरुको उपचार र अपांगता हुनबाट बचाउने रणनीति रहेको महाशाखाले जनाएको छ । 
अभियान अन्र्तगत रोगको प्रकोप रहेको ६१ जिल्लाहरु मध्ये रोग सर्ने प्रक्रिया कमी भइसकेको छ भने २५ जिल्लामा आम औषधि सेवन अभियान बन्द भइसकेको महाशाखाले जनाएको छ ।  
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                