धनगढीमा बैंकका कर्मचारीमा देखियो कोरोना

धनगढी, २ भदौ । धनगढीमा रहेको एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाको चौराहा नजिक रहेको ग्लोवल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो ।
बैंकमा कार्यरत २६ वर्षीय युवकमा कोरोना देखिएको हो । ती युवक धनगढी उप–महागरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका छन् ।
बैंकका व्यवस्थापक शम्भु जोशीले एक जना कर्मचारीमा संक्रमण देखिएको बताउँदै अन्य सबै कर्मचारीको समेत परीक्षण गर्ने जानकारी दिए ।
‘सुरुमा तीन जना कर्मचारीको स्वाब दिएका थियौँ,’ उनले भने, ‘एक जनामा संक्रमण देखिएको छ । बाँकी कर्मचारीको अब परीक्षण गर्छौ ।’
कर्मचारीमा संक्रमण देखिएपछि केही दिनका लागि बैंक बन्द गर्ने वा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भईरहेको उनले बताए ।