डोटी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन जडान



Download our app to get more features

डोटी, १ भदौ । जिल्ला अस्पताल डोटीमा पिसिआर मेसिन जडान गरिएको हो । 

आइतबार सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको पिसिआर मेसिन मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

उक्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहिमापन जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०–१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वाबहरु सोमबार परीक्षण गरिने बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए ।

गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा पिसिआर मसिनसहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो ।

Last modified on 2020-08-17 13:58:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts