चितवनमा आइतवार ५ सय ६८ नमूना परीक्षण, ११ जनामा काेराेना संक्रमण देखियाे

चितवन, १ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा हेटाैंडाकाे एक र चितवनका दश जनासहित थप ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
आइतवार यहाँ गरिएकाे परीक्षणमा थप ११ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका ५, १०, ११, १५ र १८ वडाका १५ देखि ४१ वर्ष उमेर समूहका ४ महिला र ३ पुरुष गरी ७ जना छन् । उनीहरूकाे स्थानीय क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलनगरि परीक्षणकाे लागि पठाईएकाे थियाे ।
यस्तै स्थानीय क्वारेन्टिनमा रहेका पूर्वी चितवनकाे राप्ती नगरपालिका–२ र ९ वडाकी ६ र ९ वर्षीया दुई जना बालिकासहित ८६ वर्षीया वृद्व महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि संक्रमण पुष्टि हुनेमा आशा अस्पताल चितवनबाट स्वाब संकलन गरिएकाे मकवानपुर जिल्लाको हेटौंडा–९ का ६० वर्षीय पुरुष छन् ।
आइतवार प्रयाेगशालामा ५ सय ६८ नमुना परीक्षण गरिएकाे मध्ये ती ११ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ५ सय ५७ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. अधिकारी बताइन् ।
भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा शनिवार भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, अन्य दुई चिकित्सक र एक नर्स सहित चितवनका थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
उनीहरूकाे भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।