त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालनमा 



Download our app to get more features

काठमाण्डौं, १ भदौ । चिकित्सकलाई संक्रमण देखिएपछि चार दिन देखि बन्द रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष आजबाट सञ्चालनमा आएको छ । आकस्मिक कक्ष भवनलाई संक्रमणरहित बनाइसकेपछि आजबाट  सञ्चालनमा आएको हो ।

आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सकलाई बुधबार संक्रमण देखिएपछि  आकस्मिक कक्ष बन्द गरिएको थियो । अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले बुधबारबेलुकाबाट बन्द भएको आकस्मिक कक्ष आजबाट  सञ्चालनमा आएको  जानकारी दिए । 

शिक्षण अस्पतालमा ८ डाक्टर सहित ३७ जना स्वास्थ्यकर्मी संक्रमित
यसैबीच आइतबारसम्म त्रिवि शिक्षण अस्पतालमा ८ डाक्टर सहित ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमा अधिकांश नर्सहरु रहेको अस्पतालका कोभिड युनिट संयोजक प्राडा. शान्तकुमार दासले बताए ।

अस्पतालमा शनिबार मात्रै ३ जना चिकित्सक सहित कुल १८ जनामा संक्रमण देखिएको उनले जानकारी दिए ।
अस्पतालका केही संक्रमित होम आइसोलसनमा, केही अस्पतालको आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा रहनुपर्नेहरुका लागि अस्पतालले गौशालाका तीनवटा होटल भाडामा लिएर राखेको छ ।

Last modified on 2020-08-17 07:12:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts