पाटन अस्पतालको निर्देशकमा डा.रबि शाक्य नियुक्त

काठमाण्डौं,३२ साउन । पाटन अस्पतालको निर्देशकमा प्रा.डा.रबि शाक्य नियुक्त भएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज बसेको कार्यकारी परिषदको बैठकले प्रा।डा।शाक्यलाई निर्देशक नियुक्त गरेको हो ।
शाक्य यो भन्दा अगाडी प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख भएर कार्यरत थिए । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माको कार्यकाल सकिएपछि डा. शाक्यलाई नियुक्त गरिएको हो ।