नेपाल आयुर्वेद चिकित्सक संघको स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण

काठमाण्डौं, ३२ साउन । नेपाल आर्युवेद चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष आयुर्वेद क्षेत्रका मागहरु पेश गरेको छ । आयुर्वेदमा सुधार गर्नु पर्ने विषय वस्तु, सम्वन्धमा ध्यानाकर्षण गराएको आर्युवेद चिकित्सा विभागका प्रमुख डा. प्रकाश ज्ञवालिले बताए । मन्त्रालयबाट कार्यान्वयनको लागि सकारात्मक आश्वासन दिएको छ ।
निरोगी नेपालको राष्ट्रिय लक्ष्य तथा दिगो विकासका लक्ष्य हासिल गर्न आयुर्वेद चिकित्साको विकासको तड्कारो आवश्यक रहेको भन्दै महामारिजन्य रोकथामको लागी आयुर्वेदको भुमिका अत्यन्तै राम्रो भएकाले उच्च मनोवलका साथ परिचालन गर्न आग्रह गरे । आयुर्वेद चिकित्सा क्षेत्र आफैमा विशिष्ट ज्ञान र परम्परा भएकाले स्वतन्त्र विद्दाको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल आर्युवेद चिकित्सक संघले आयुर्वेदको विकास र विस्तारको बारेमा २६ बुँदे माग पेश गरेको छ । ।