पाटन अस्पतालमा काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु, देशभर मृतकको संख्या १०५ पुग्यो



Download our app to get more features

काठमाण्डौं, ३२ साउन ।पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको हो।

काठमाडौं निवासी उनी साउन २० गतेदेखि अस्पतालमा उपचाररत थिए। यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १०५ पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts