चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षणका लागि अनुमति



Download our app to get more features

चितवन, ३२ साउन । भरतपुर १० स्थित रहेको निजी अस्पताल चितवन मेडिकल कलेज (सीएमसी) ले कोरोनाको पिसिआर परीक्षणको अनुमति पाएको छ । 

आवश्यक निरीक्षणपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गत शुक्रवार प्रयोगशाला सञ्चालनको निम्ति अनुमति दिएको हो । चितवनमा निजी तर्फ पिसिआर परीक्षणका लागि सीएमसीले अनुमति पाउने पहिलो निजी प्रयोगशाला हो ।

मंगलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार अब आफ्नै खर्चले कोरोना परीक्षण गर्न चाहनेले छ हजार ५० रूपैयाँ तिरेर परीक्षण गर्न सक्नेछन् । यसअघि चितवनमा निजी खर्चमा कोरोनाको पिसिआर परीक्षण गर्ने प्रयोगशाला थिएन ।

कलेजले कोरोना संक्रमणको परीक्षण गर्न आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको भन्दै यसअघि संक्रमितहरुको पीसीआर परीक्षण गर्न आफूहरू तयार रहेको जनाएको थियो । छ घण्टामा चार सय नमूना परीक्षणका दरले दैनिक तीन चरणमागरि एक हजार दुई सय स्वाबको नमूना परीक्षण गर्न सकिने कलेजले जनाएको छ ।

अहिले भरतपुर १० स्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा रहेको भरतपुर अस्पताल कोभिड १९ परीक्षण  प्रयोगशालामा कोरोनाको  पिसिआर परीक्षण हुँदै आएको छ । चैत २३ गते औपचारिक रूपमा शुभारम्भ भएको यस प्रयोगशालाले चैत २४ गतेदेखि नियमित रूपमा कोरोना परीक्षण गर्दै आएको छ । यो प्रयोगशाला भरतपुर अस्पताल मातहत सञ्चालनमा छ ।

Last modified on 2020-08-16 16:56:37

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts