नेपालमा थपिए ६ सय ४१ जना नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप एक सय ३४ जना कोरोना संक्रमित निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार ३ सय ३५ जना स्वस्थ भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हाल ९ हजार २ सय २१ सक्रिय संक्रमित संख्या रहेको बताए ।

उनले नेपालभर ४ सय ९७ जना होम आइसोलेसनमा रहेको र संस्थागत तर्फ होम आइसोलेसनमा रहनेको संख्या ८ हजार ७ सय २४ रहेको जानकारी गराए ।

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा उनले पछिल्लो २४ घन्टामा १२ हजार २ सय ४७ पिसिआर परीक्षण गरिएकोमा थप ६ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २६ हजार ६सय ६० पुगेको छ ।
 

Last modified on 2020-08-16 16:24:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts