भरतपुर अस्पतालका मेसु र अन्य दुई चिकित्सक सहित चितवनमा थप २७ जनामा काेराेना संक्रमण

चितवन, ३२ साउन । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा स्वास्थ्यकर्मी सहित चितवनका थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
शनिवार गरिएकाे परिक्षणमा सर्लाहीकी एक महिला र चितवनका थप २७ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका ३, ४, ६, ७, १०, १२, १५ र २१ वडाका २६ देखि ५३ वर्ष उमेर समूहका १० जना पुरुष र २२ देखि ३९ वर्ष उमेर समूहका ११ जना महिला छन् । उनीहरूकाे भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको थियाे । संक्रमित हुनेमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सहित अन्य दुई चिकित्सक र एक जना नर्स समेत छन् ।
यस्तै स्थानीय क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का २५, ३२ र ३६ वर्षीय तीन जना पुरुष र ३५ वर्षीया एक महिला रहेकी छिन् । त्यस्तै स्थानीय क्वारेन्टिनमै रहेका खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरि सर्लाहीकी २९ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएकाे छ । उनकाे भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियाे ।
शनिवार प्रयाेगशालामा ४ सय ७४ नमुना परीक्षण गरिएकाे मध्ये २८ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ४ सय ४६ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे उनले बताइन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।