शिशु जन्मेको १ घण्टाभित्र भिटामिन “के” सुई

काठमाण्डौं, ३२ साउन । यसै वर्षदेखि नवजात शिशुका लागि जन्मेको १ घण्टा भित्र दिनुपर्ने भिटामिन के कार्यक्रम सुरु हुने भएको छ । निःशुल्क रुपमा सञ्चालन भै रहेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सुरक्षित सुत्केरी कार्यक्रमको प्याकेजमा समावेश देशभर नवजात शिशुलाई जन्मने बित्तिकै भिटामिन केको सुइ दिन थालिएको परिवार कल्याण महाशाखाको खोप शाखाप्रमुख डा.झलकशर्मा गौतमले जानकारी दिए । भिटामिन के कार्यक्रम कुनैपनि बालबालिकाको मृत्यु रगत जम्ने तत्वको कमीबाट हुने कारणबाट नहोस् भन्नाका लागि रहेको छ ।
उनका अनुसार अन्तराष्ट्रिय स्तरको तथ्यांकले जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजातशिशु मध्ये एकजना र जन्मेको २ देखि १२ हप्तामा १४,००० देखि २५,००० नवजात शिशु मध्ये १ जनामा हुने गरेको देखिएको छ । पहिलो स्टेजमा समस्या बढ्दै गएको र रक्तश्राबबाट शिशुहरुको मृत्यु समेत हुने गरेकाले यो गम्भिर समस्याको न्यूनिकरण गरि शिशुहरुको स्वास्थ्य रक्षा गर्न भिटामिन के कार्यक्रम अतिआवश्यक रहेको उनले बताए ।
यो नेपाल सरकार आफैले किन्ने र यसका लागि प्रदेशमा भिटामिन के खरिदका लागि बजेट निकासा गरिसकेको गौतमले जानकारी दिएकाछन
नवजात शिशुलाई कतिबेला यो सुई दिने ?
नवजात शिशु जन्मिएको एक घण्टा भित्र यो सुई दिनुपर्दछ । अभिभावकको सहमतिमा दुध चुसेपछि एक घण्टामा भिटामिन के सुई मासुमा दिइनेछ । दाहिने तिघ्राको अगाडीको भागको मासुमा दिनुपर्छ ।
यदि घरमा सुत्केरी भएको अवस्थामा आमा र शिशु प्रथम पटक स्वास्थ्य संस्थामा आएको बेला दिने अर्थात् स्वास्थ्यकर्मीहरु घरमा नै गएर दिनेछन् । यसको डोज भनेको १ केजी भन्दा कमतौल भएका नवजात शिशुलाई ०।५ मिलिग्राग र १ केजीभन्दा माथि तौलका शिशुलाई १ मिलिग्राम हो ।
भिटामिन के को कमी भएका बालबालिबालाई कस्तो समस्या हुन्छ ?
रगत जमाउने तत्व बनाउन भिटामिन के चाहिन्छ । जुन शिशुमा भिटामिन केको कमी हुन्छ, त्यस्ता शिशुहरुलाई कुनै चोटपटक वा घाउ लागेमा रगत बगिरहन्छ । जसका कारण शिशुमा कुनैपनि बेला दुर्घटना निम्तन सक्छ । रक्तस्राव भएका शिशुलाई तुरुन्तै अस्पताल भर्ना गरेर भिटामिन के दिनुपर्दछ ।