स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गरिने

मेडिकल कलेजलाई आइसोलेशन बेड छुट्याउन सरकारको निर्देशन



Download our app to get more features

काठमाडौं, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गरिने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना महामारीको विषम् परिस्थितिमा स्वास्थ्यकर्मी स्वयं कोरोना संक्रमित भइरहेको बेला उनीहरुमाथि हुने गरेको घटनाबारे मन्त्रालय गम्भीर भएको र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरमा ल्याइने बताए ।

उनले भने, 'देशमा स्वास्थ्यकर्मीको संख्या कम भएको बेला उनीहरु आफै संक्रमित हुने र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने, गाली गलौज गर्ने, तोडफोड गर्ने कुराले मनोबल कमजोर हुने हुँदा त्यस्ता क्रियाकलाप गर्नेलाई कारबाही गरिनेछ ।'

यस्तै मन्त्रालयले देशैभरका मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोरोनाका बिरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई बेड छुट्याइ छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन निर्देशन जारी गरेको डा गौतमले बताए ।

यसअघि शुक्रवार मात्रै मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो । 

Last modified on 2020-08-15 18:42:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts