नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९, १ सय २ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ३१ साउन । नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ४७ पिसिआर परीक्षणमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २६ हजार १९ पुगेको बताए ।

प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय २४ जना कोरोना संक्रमित निको भएको बताए । उनले योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १७ हजार २ सय १ पुगेको जानकारी गराए ।

यस्तै हालसम्म नेपालमा ८ हजार १ सय ९३ सक्रिय संक्रमितको संख्या रहेको छ भने नेपालभर ५ सय २३ जना होम तथा संस्थागत आइसोलेशनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । धनुषाका एक, पर्साका एक र कपिलवस्तुका एक गरि ३ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

Last modified on 2020-08-15 16:28:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts