बुटवलमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, ३१ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना अस्थायी अस्पतालमा  उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

कपिलवस्तुका ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती संक्रमित तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । उनको फोक्सोमा समस्या देखिएको र आईसीयूमा राखेर उपचार भइरहँदा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
 
कोरोना संक्रमण देखिएपछि गरिएको पहिलो रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ । उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए । यसअघि पनि कपिलवस्तुका एक जनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

योसँगै प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय एक पुगेको छ ।

Last modified on 2020-08-15 12:15:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts