बालाजुको जनमैत्री अस्पताल तत्काल सञ्चालन गर्न वडा कार्यालयको निर्देशन



Download our app to get more features

काठमाण्डौ,३०साउन । लामो समयदेखि सञ्चालन हुन नसकेको बालाजुको जनमैत्री अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन स्थानीय वडा कार्यालयले निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ ले अस्पताललाई सञ्चालनमा ल्याएर कोभिडको जोखिम व्यवस्थापन गर्न अस्पताल सञ्चालकहरुलाई आग्रह सहित निर्देशन दिएको हो । १६ नं का वडाध्यक्ष मुकुन्द रिजालले यो वडामा कोरोना भाइरस संक्रमित देखिन थालेको भन्दै तीनलाई र सम्भावित जोखिम व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको बताए ।

अस्पताल सञ्चालनमा ल्याउन केही समस्या भए वडा कार्यालय र महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता  व्यक्त गरेका छन् । 

यसअघि स्वास्थ्य मन्त्रालयले पनि उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएृपछि अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो । जसलाई ध्यानमा राखी अस्पताल सञ्चालनको तयारी सुरु भएको हो । 

Last modified on 2020-08-28 17:43:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts