काठमाडौं उपत्यकामा तीज मनाउन निषेध



Download our app to get more features

काठमाण्डौ,३०साउन । यसपाली काठमाडौं उपत्यकाभित्र तीज मनाउन नपाइने भएको छ । संक्रमणको जोखिमा बढ्दै गएका कारण भदौ १५ सम्ममा लागि उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको हो।

तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको छ । जारी आदेशमा भेला हुन जम्मा हुन, भीडभाड गर्न, नपाइने भनिएको छ । त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ । 

भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेबाट ७ गते सम्मको  तीज पर्वमा रमझम नहुने भएको हो ।  तीजका अबसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पुजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न पाइृदैन ।

यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार कारबाही हुने छ ।  अटेर गरेमा एक महिनासम्म कैद हुनेछ।  घरमै बसेर सधैँ सँगै रहने परिवारकाबीचमा बसेर भने तीज मनाउने पाइने छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts