भरतपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी सहित चितवनमा थप छ जनामा काेराेना संक्रमण



Download our app to get more features

चितवन, ३० साउन । चितवनमा थप छ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा शुक्रवार थप छ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका ७ का २५, ३३, ३९, ४३, र ५२ वर्षीया पाँच जना महिला छन् । त्यस्तैगरि साेहि वडाका ३५ वर्षीय एक जना पुरूष छन् । उनीहरूकाे वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएकाे थियाे । स्वास्थ्यकर्मी सहित चार जना साेहि अस्पतालका कर्मचारी रहेकाे र दुई जना स्थानीय रहेकाे अस्पताल स्रोतले जनाएकाे छ । 

शुक्रवार प्रयाेगशालामा १ सय नमुना परीक्षण गरिएकाे मध्ये ती छ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ९४ नमुनाकाे नतिजा भने नेगेटिभ आएकाे प्रयाेगशाला प्रमुख डा. अधिकारी बताइन् । बिहीवार स्वास्थ्यकर्मी सहित चितवनका थप १२ जनामा संक्रमण देखिएकाे थियाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts