नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, मृत्यु हुनेको संख्या ९९

काठमाडौं, ३० साउन । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालका विभिन्न ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
उनले योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको बताए ।
यस्तै थप ४ जनाको पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको मृत्यु भएको पनि उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
Last modified on 2020-08-14 16:29:25