नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं, ३० साउन । नेपालमा कोरोना संक्रमणपनि निको हुनेको संख्या १७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये थप २ सय ४० जना स्वस्थ भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको बताए ।